कैलाली / कैलालीकाे धनगढीमा ट्रकको ठक्करबाट एक साइकलयात्री गम्भीर घाइते भएका छन्।
कैलाली प्रहरीका अनुसार घाइते हुनेमा धनगढी उपमहानगरपालिका–५ का ३२ वर्षीय प्रदेसी चौधरी रहेका छन् । घाइते चाैधरीकाे निसर्ग अस्पतालमा उपचार भैरहेको छ ।
साइकल यात्री चाैधरीलाई धनगढी उपमहानगरपालिका–५ निसर्ग अस्पताल नजिक कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरीयाका सियाराम रानाले सुदूरपश्चिम प्रदेश ०१००१ख ३००८ नम्बरको ट्रकले ठक्कर दिएकाे हाे । ट्रक र चालक रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ।











