बाजुरा /बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका–५ भुकाखोला नजिकै गए राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
कर्णाली प्रदेशको ४८१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मृत्यु हनेमा सान्नी त्रिवेणी गाउँपालिका–८ मुम्रा कालिकोटका २९ वर्षीय मोटरसाइकल चालक खेमराज बुढा रहेकाे बाजुरा प्रहरीले जनाएको छ ।
त्यस्तै उक्त दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बाजुराको जगन्नाथ गाउँपालिका–४ नाराकोटका ३७ वर्षीय खडक भण्डारी घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार घाइते भण्डारीको उपचार भइरहेको र मृतकको शवलाई कालिकोट पठाइएको प्रहरीले जनाएको छ।











