
डाेटी/ सञ्चालन हुनुपूर्व नै डाेटीमा अज्ञात समूहले दश शैयाकाे अस्पतालकाे भवन ताेडफाेड गरेकाे छ । जिल्लाकाे पूर्वीचाैकी गाउँपालिका वडा नम्बर ४ सानागाउँ अवस्थित नवनिर्मित अस्पतालकाे भवन अज्ञात समूहले झाेडफाेट गरेकाे गाउँपालिकाले जनाएको छ । अस्पतालका झ्याल, ढाेका, जडान गरिएका सिसिटिभि क्यामेरा, बल्ब लगायतका सामानहरू ताेडफाेड गरिएकाे गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए । अध्यक्ष उपाध्यायले भने,” हामीसँग सिसीटिभी क्यामेरा छ, त्यसबाट पत्ता लाग्ने सम्भावना बढी छ, प्रहरी पनि घटना स्थलमा पुगिसकेको छ ।”
जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी निरीक्षक सूर्य भट्टकाअनुसार गाउँपालिका अध्यक्षसहितकाे टाेली आज (मंगलबार ) अस्पताल अनुगमन गर्न जाँदा ताेडफाेड गरिएकाे थाहा भएकाे बताए । भट्टले भने, ताेडफाेड कहिले भयाे ? कसले गर्याे ? ठ्याक्कै भन्नसकिने अवस्था छैन्, मानव बस्ति भन्दा अलि टाढा छ, आज अनुगमन गर्न जाँदा घटना थाहा भएकाे हाे ।” साथै उक्त घटनाकाे विषयमा अनुसन्धान भैरहेकाे डाेटी प्रहरीले जनाएको छ ।
२०८० साल पाैष महिनामा निर्माण कार्य सम्पन्न गरि २०८२ जेठ ७ गते उक्त भवन ठेकेदारले गाउँपालिकालाई हस्तान्तरण गरेकाे थियाे । तर सञ्चालन हुनुपूर्व नै ताेडफाेड गरेकाे छ ।