कैलाली / खैरो हेरोइनसहित कैलालीको धनगढीमा २ जना युवकलाई प्रहरीले पक्राउ परेकाे छ ।
धनगढी उपमहानगरपालिका-७ मनेहरा सिविरबाट पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २२ वर्षीय नरेश राना र देवरिया बस्ने २८ वर्षीय सेवाराम राना रहेका कैलाली प्रहरीले जनाएको छ ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले २ ग्राम २७० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित पक्राउ गरेकाे हाे।











