कैलाली / कैलालीकाे घाेडाघाेडीबाट ६ जनालाई प्रहरीले जुवाखालबाट पक्राउ गरेकाे छ ।
कैलाली प्रहरीकाअनुसार घोडाघोडी नगरपालिका-४ माघी गाउँ स्थित कृष्णबहादुर साउदले सञ्चालन गरेको पसलमा जुवातास खेलिरहेको अवस्थामा पसल संञ्चालक सोही ठाउँ बस्ने ४८ वर्षीय साउदसहित ६ जना पक्राउ परेका हुन्।
उनीहरुलाई नगद ३१ हजार ५ सय र १ गड्डी ताससहित पक्राउ गरेको कैलाली प्रहरीले जनाएको छ ।











