सिलगढी / अमेरिकाको टेक्सासस्थित ग्राण्ड प्रेरी स्टेडियममा जारी रहेकाे खेलमा नेपाल र अमेरिकाबीचको टी–२० क्रिकेट श्रृंखला शुरु भएको छ । पहिलो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ ।
नेपालले ९.१ ओभर खेल्दा २ विकेट गुमाएर ६९ रन बनाएको छ । त्यस्तै ओपनरद्धय आसिफ शेख र अनिल साह समान २७ रन बनाएर आउट भएका छन् ।
नेपाल र अमेरिकाबीच यसअघि सन् २०१५ मा एक मात्र टी–२० खेल भएको थियो । टी–२० विश्वकप छनोटअन्तर्गतको सो खेल नेपालले जितेको थियो । त्यसयता नेपाल र अमेरिकाबीच टी–२० खेल भएको छैन ।
यस खेलका लागि नेपाली स्पिनर सन्दीप लामिछाने भने उपलब्ध हुने छैनन् । सन्दीप अमेरिकाको भिसा नपाएका कारण क्यानडाबाट नेपाल फर्किएका छन् । क्यान स्रोतका अनुसार सन्दीपको भिसा प्रक्रिया शुरु भए पनि अहिलेसम्म भिसा प्राप्त भएको छैन ।
नेपालले श्रृंखलाको दोस्रो खेल आइतबार र तेस्रो खेल सोमबार खेल्ने तालिका छन् ।











