डडेल्धुरा । कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चाैँडीका लागि छुटेको यात्रुवाहक बस डडेल्धुराको अमरगढी नगरपालिका-७ खसरेखानमा दुर्घटना हुँदा ४ जनाएको मृत्यु भएकाे छ भने १६ जना घाइते भएका छन् ।
गएराति पवनदुत यातायात प्रालिको ना ८ ख १०७८ नम्बरको बस
दुर्घटनामा परी मृत्यु हुनेमा बैतडीको पुर्चौंडी नगरपालिका–३ का ४५ वर्षीया जयमति बोहरा, सोही ठाउँकी अन्दाजी २६ वर्षीया कमला बोहरा, उनको दुईदिने शिशु र सोही ठाउँका २२ वर्षीय सहदेव बोहरा रहेको डडेल्धुरा प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार उक्त दुर्घटनामा परी घाइते हुनेमा बैतडी पुचौर्डी नगरपालिका–७ का २४ वर्षीय नवराज साउँद, वडा नं. ६ का २४ वर्षीय राजेन्द्र साउँद, वडा नं. ८ का ४२ वर्षीय पदम बोहरा, २४ वर्षीय बस चालक बिरेन्द्र बोहरा, वडा नं. ७ का २८ वर्षीय नवराज रतौकी, २० वर्षीय सुरेन्द्र रतौकी रहेका छन् । यसैगरी, पुर्चौडी नगरपालिकाकै वडा नं. १० का दामोदर महरा, धनबहादुर महरा, कृष्णपुर नगरपालिका–४ का २५ वर्षीय दिनेश साउँद, वडा नं. ५ की ६५ वर्षीय धनमती साउँद, डडेल्धुरा आलिताल गाउँपालिका–१ का २१ वर्षीय मुकुन्द बोहरा रहेका छन् ।
घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । उक्त दुर्घटना ग्रस्त बस सडकबाट करिब २५० मिटर तल खसेर छ ।











