सिलगढी / डोटीको जोरायल गाउँपालिका वडा नम्बर ४, सिलङ्गीबाग स्थित एक पसलमा गएराति चाेरी भएकाे छ ।
साेही ठाउँका तेज बहादुर कपड्यालले संचालनमा ल्याएकाे ॐ शान्ति फुड सप्लायर्समा ३० हजार नगदसहित २ प्याकेट मेघाश्री चाेरी भएकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जनाएको छ । राती ढोकाको चुक्कुल र पैसा राख्ने गल्लाको लकर तोडेर नगद तथा मेघाश्री चाेरी भएकाे प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीकाे भनाइ छ ।
आज बिहान उठेर पसल खोल्न आउदा पसलमा चोरी भएको थाहा पाएको संचालक कपड्यालले बताउनुभयो । उहाँकाअनुसार पसलमा राति करिव डेढ दुई बजेको समयमा चोरी भएको हुनसक्ने उनले अनुमान गरेका छन् ।











