युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

मनमाेहन ठकुल्ला, सिलगढी /विपन्न दलित समुदायकाे जीवन स्तर उकास्नकाे लागि सम विकास केन्द्र ( इडिसी) डाेटीले जिल्लाकाे के. आई. सिह गाउँपालिका वडा नम्बर ३ झिगाबस्तीमा बाख्रा वितरण गरेकाे छ ।

आज (साेमबार) डिसिएकाे आर्थिक सहयाेग तथा गाउँपालिकाकाे समन्वयमा संस्थाद्वारा सञ्चालित उपहार कार्यक्रम अन्तर्गत प्रति परिवार ३ बाख्राका दरले २३ घरपरिवारलाई स्थानीय जातका ६९ बाख्रा र १ बाेका गरि ७० बाख्रा वितरण गरेकाे हाे ।

“समतामूलक समाजकाे निर्माण, हाम्राे अभियान” भन्ने मूल नाराकासाथ विपन्न दलित परिवारकाे जीवनस्तर सुधार र आयआर्जनमा सुधार ल्याउन बाख्रा वितरण गरेकाे संस्थाका कार्यकारी निर्देशक महेश परियारले बताए ।

पहिले बाख्रा पालन गरेर सबै बाख्रा मर्न थाले पछि बाख्रा बेचेर बसेकी स्थानीय हिरा भुलले बताइन् । फेरि बाख्रा पाल्ने रहर जागेपछि संस्थाले बाख्रा दिदा आफूलाई खुसी जागेकाे उनले बताइन् ।
संस्थाद्वारा सञ्चालित महिला समूहमा बसेर आफूलाई महिला अधिकारकाे बारेमा बाेध तथा चेतना भएकाे स्थानीय एलिना बिकले बताइन्, उनले भनीन्, महिला समूहमा बसेर नागरिकता नलिएका महिला दिदीबहिनीले नागरिकता प्राप्त गरेका छन्, महिला हिंसाकाे बिराेध गर्दै छुवाछूतकाे अन्त्य गर्न महिलाद्वारा विभिन्न अभियान सञ्चालन गरेकाे एलिनाले बताइन् । साथै महिला आत्मनिर्भर हुनकाे लागि बाख्रा पालनमा जुट्नु पर्ने उनले बताइन् ।

बाख्रालाई कुनै समस्या आएमा वडाकार्यालयमा सम्पर्क गर्न वडा अध्यक्ष राम बहादुर कुवँरले बताउनुभयो । बाख्रा पालनकाे थालनी गरेपछि घरमै आमदानी गर्न सकिने अध्यक्ष कुवँरले बताए । उनले भने,” संस्थाले दिएकाे बाख्रा भनेर घृणा नगर्नु हाेला, राम्रोसँग पालताल गरेर २ काे चार बनाएर व्यवसायी बनाउनु हाेला ।”

त्यस्तै कार्यक्रम सञ्चालन संस्थाका निवर्तमान अध्यक्ष अधिराज बिसीले गरेका थिए भने कार्यक्रममा जनप्रतिनिधि, स्थानीय महिला समूह, संस्थाका प्रतिनिधिकाे सहभागीता रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय