डाेटी / डाेटीमा हाइस (इभी) मिनी ट्रक एकआपसमा ठाेक्किदा ८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डाेटीकाअनुसार आज( साेमबार ) बिहान नाै बजेकाे समयमा जिल्लाकाे
जोरायल गाउँपालिका वडा नं. २ बुडर स्थित भिमदत्त राजमार्गमा
उक्त दुर्घटनामा परी घाइते हुनेमा कैलालीकाे धनगढी उप-महानगरपालिका वडा नं. ४ का ३२ वर्षीय बिकाश बम, साेही ठाउँ का क्रमशः १३ वर्षीय प्रिन्सीका बम, ९ वर्षीय कर्ण बम, ३४ वर्षीय निर्मला बम रहेका छन् । त्यस्तै घाइते हनेमा क्रमशः बैतडी जिल्लाका पुर्चौडी नगरपालिका वडा नं. १ बस्ने २९ वर्षीय द्रोपती बिष्ट ९ महिनाको रियान्स बम, ३९ वर्षीय दिवाकर बम, वडा नम्बर ३ बस्ने ६३ वर्षीय बबिता बम रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईकाअनुसार धनगढीका घाइते बिकास बम, प्रिन्सीका बम, कर्ण बम, निर्मला बम र बैतडीका दिवाकर बमलाई धनगढी रेफर गरेकाे छ भने बाँकी घाइतेको स्थानीय स्वास्थ्य चौकी बुडरमा उपचार भैरहेको बताउनुभयो ।
धनगढीबाट बैतडी तर्फ जाँदै गरेको बैतडीकाे पुर्चौडी नगरपालिका वडा नं. ५ बस्ने ३३ वर्षीय नर बहादुर बोहराले चलाएको सु.प.प्र. ०१ ००१ ज ०५२० नं. को इभि (हाईस) र बिपरित दिशाबाट आईरहेको चालक बैतडीकाे पाटन नगरपालिका वडा नं. ०३ बस्ने ३२ वर्षीय पुष्कर सिंह बिष्टले चलाएको से १ ख १४०६ नं. को मिनि ट्रक एक आपसमा ठोक्किई दुर्घट्ना भएकाे हाे ।
दुबै जना चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भैरहेको डाेटी प्रहरीले जनाएको छ ।











