कञ्चनपुर / कञ्चनपुरमा कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरिएकाे छ ।
प्रहरीकाअनुसार पक्राउ पर्नेमा जिल्लाकाे पुनर्वास नगरपालिका-१० बिकाशबस्ति बस्ने ३५ वर्षीय बल्लु राना रहेका छन् । रानालाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले बिहीवार उनकै घरबाट पक्राउ गरेको जनाएको हाे ।
उनलाई जिल्ला अदालत कैलालीको मिति २०७१ वैशाख २२ गतेको फैसलाले कर्तब्य ज्यान मुद्दामा ५ वर्ष कैद सजाय तोकिएकाे थियाे ।