बाजुरा / बाजुरा जिल्लाको बडिमालिका नगरपालिका–८ मार्तडीबाट चरेससहित एक युवक पक्राउ परेका छन्।
बाजुरा प्रहरीकाअनुसार सोही ठाँउका ३४ वर्षीय शिबलाल रोकाया चरेससहित पक्राउ परेका हुन्।
आइतवार रोकायालाई उनकै घरभित्र लुकाई राखेको अवस्थामा ४१ दश्मलव ५५ ग्राम चरेशसहित जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरिएकाे हाे । साथै उनकाे साथबाट प्राप्त लागुओैष प्रहरीले बरामद गरेकाे छ ।











