बैतडीः बैतडीमा बसको ढोकाबाट खसेर सहचालक गम्भीर घाईते भएका छन्।
घाइते हुनेमा जिल्लाको मेलौली नगरपालिका–७ काडाँका १८ वर्षीय बस सहचालक नविन भट्ट रहेकाे प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीकाअनुसार मेलौली नगरपालिका–१ प्रहरी चेक पोष्ट स्थित महेन्द्रनगरबाट पञ्चेशवर जादै गरेको पवन दुत यातायातको
बस रोक्न खोज्दा सहचालक भट्ट खसेका जनाएको छ । भट्टलाई प्राथमिक स्वस्थ्य केन्द्र मेलौलीमा समान्य उपचार पश्चात थप उपचारको लागि डडेल्धुरा अस्पताल डडेल्धुरा पठाएको प्रहरीकाे भनाइ छ ।
चालक दिपक मल्लले चलाएको ना८ख ६३६१ नम्बरको बस रोक्न खोज्दा खसेर घाइते भएका थिए । चालक मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको छ।











