कञ्चनपुरः कञ्चनपुरमा बैंकिङ कसुर मुद्दामा १ वर्ष ७ महिना २५ दिन कैद सजाय ताेकाका एक जना फरार व्यक्ति पक्राउ परेका छन्।
जिल्ला अदालत कञ्चनपुरको मिति २०८० पुस १२ गतेको फैसलाले
उपरोक्त कैद सजाय तोकेपछि फरार रहेको बेलौरी नगरपालिका–२ बस्ने ३८ वर्षीय सुर्यबहादुर चौधरी पक्राउ गरिएकाे कञ्चनपुर प्रहरीले जनाएको छ ।
चौधरीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बिहीवार उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।











