धादिङ /नौबिसे–मुग्लिन सडकखण्डमा पर्ने चिरौँदी खोलानजिक पहिरोले बिहिबार राती एउटा कार बगाएको छ। सडकमाथिबाट आएको पहिरोले कार बगाएको धादिङ प्रहरीले जनाएको छ। प्रहरीका अनुसार
धादिङको गजुरीबाट काठमाडौँ जाँदै गरेको बा २ च ७८८५ नम्बरको कारलाई पहिरोलेबगाएर सडकभन्दा केही तल खसालेको छ। उक्त पहिरोमा परेर ४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
घाइते हुनेमा काठमाडौँ चन्द्रागिरी नगरपालिका- १२ बस्ने ६५ वर्षका धर्म महर्जन, सोही स्थानका ४५ वर्षका देवकृष्ण श्रेष्ठ, ५८ वर्षका करण प्रकाश शाही र कार चालक कास्कीको पोखरा महानगरपालिकाका ४० वर्षका विष्णु श्रेष्ठ रहेका छन्।
सामान्य घाइते उनीहरु उपचार पश्चात् डिस्चार्ज भइसकेका प्रहरीले जनाएको छ।











