काठमाण्डौ / बुधबार राती पौने २ बजेको समयमा एक जनाले आफ्नै २३ बर्षिया श्रीमतीको बाबुलाई घाईते पारेको समाचार वाहिरीएको छ ।
सर्लाहीको हरिपुर्वामा हरिपुर्वा नगरपालिका– ५ बस्ने धीरेन्द्र यादवले गोली हानी आफ्नो २३ वर्षीया श्रीमती चित्रलेखा यादवको हत्या गरेको आफ्नै बुवा ५४ वर्षीय रामदिनेश रायलाई हानेको गोली उनेको बाँया हातमा लागेको सर्लाहीका प्रहरीले जनाएको छ ।
उक्त घटनाको अनुसन्धान भई रहेको, घटना पछि धीरेन्द्र फरार भएको र उनको खोजी कार्य भई रहेको सर्लाही प्रहरीले जनाएको छ ।
युवकले गोली प्रहार गर्दा चित्रलेखाको घटना स्थलमै मृत्यु भएको छ भने उनको बुवाको प्रादेशीक अस्पताल मलंगवा, सर्लाहीमा उपचार भइरहेको बताईएको छ ।











