कैलाली / कैलालीमा मोटरसाइकल दुर्घटनाबाट दुई जना घाइते भएका छन्। घाइते हुनेमा मोटरसाइकल चालक ३० वर्षीय हरि चौधरी र २५ वर्षीया सुशिला चौधरी रहेकाे कैलाली प्रहरीले जनाएको छ । घाइते दुबै जनाको पदमा अस्पताल अत्तरियामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटना जिल्लाको गोदावरी नगरपालिका–५ मेडिकल कलेज नजिक से ६ प २६२७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएकाे हाे ।











