युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कैलाली । विश्व रामसारमा सूचीकृत कैलालीको घोडाघोडी तालमा सूचक प्रजाति मगर गोहीको सङ्ख्या वृद्धि हुँदै गएपछि आहाराका लागि बाहिरिन थालेका छन् ।

शुक्रबार बिहान पूर्वी ओजुवाबाट वयस्क मगर गोही कुलोमा निस्केर नजिकैको बस्ती पस्न थालेपछि स्थानीयले वन कर्मचारीलाई खबर गरेका थिए । वन कर्मचारी र स्थानीयको सक्रियतामा तालबाट बाहिर निस्केको वयस्क गोहीलाई उद्धार गरी घोडाघोडी तालमा छोडिएको छ ।

पहलमानपुर डिभिजन वन कार्यालयका वन अधिकृत विश्वराज पण्डितले करिब ६० देखि ७० किलो तौल भएको पाँच फिट लामो वयस्क गोहीलाई नियन्त्रणमा लिई तालमा छोडिएको बताउनुभयो । उहाँले गोहीको सङ्ख्या बढ्दै गएपछि आहार र प्रजननका लागि बाहिर निस्केको हुन सक्ने बताउनुभयो ।

घोडाघोडी सिमसार क्षेत्रमा ठुलासाना गरेर २४ वटा प्राकृतिक ताल रहेका छन् । ती तालमध्ये सबैभन्दा ठुलो घोडाघोडी तालमा दुई ठाउँमा मगर गोहीका लागि प्रजनन केन्द्र बनाइएको छ । गोहीको सङ्ख्या बढ्दै गएपछि घोडाघोडी सिमसार क्षेत्रमा रहेका अन्य तालमा समेत गोहीको वासस्थान बन्ने गरेको र  त्यहाँबाट गोही बाहिर निस्किने गरेको स्थानीय बताउँछन्  ।

घोडाघोडी नगरपालिकाले पुरिएर चौरमा परिणत भएको ओजुवा ताल केही वर्ष पहिले ताल पुनर्निर्माण गरेपछि डुङ्गा सञ्चालनका लागि ठेक्कामा दिएको थियो । तालमा मगर गोही देखिन थालेपछि डुङ्गा सञ्चालन बन्द गरिएको छ ।

ओजुवा तालमा रिसोर्ट सञ्चालन तथा डुङ्गा सञ्चालनको जिम्मेवारी पाएका पर्यटन व्यवसायी डबल शाहले ओजुवा तालमा गोही देखिएपछि डुङ्गा चलाउन बन्द गरिएको बताउनुभयो । उहाँले दुई वटा गोही निकाली ठुलो तालमा पठाए पनि मानिसको डर नहटेपछि ताल नै सुकाउनु परेको बताउनुभयो । अहिले सो तालमा पुनः पानी जम्मा गरेर माछापालनसमेत गरिएको छ । संरक्षणकर्मी हिरूलाल डङ्गौराले एउटा वयस्क मगर गोहीले ३० देखि ३५ वटासम्म अन्डा दिने जनाउँदै घोडाघोडीमा गोहीका बच्चाको सङ्ख्या पनि बढ्दै गएको उल्लेख गर्नुभयो ।

गर्मी मौसममा मगर गोहीले अन्डा पार्ने र बच्चा कोरल्न सुरक्षित बालुवा भएको ठाउँ खोज्ने भएकाले सो स्थानको खोजीमा गोही खेतबारी तथा नदीमा समेत पुग्ने गर्दछन् । संरक्षणकर्मी रामकुमार चौधरीले घोडाघोडी तालका मगर गोही केही तालमा व्यवस्था गरिएको प्रजनन केन्द्रमा अन्डा पार्ने भए पनि कतिपय नजिकका डोडा, कौवा नदीमा समेत अन्डा पार्न जान सक्ने बताउनुभयो । ताल बाहिर गई अन्डा दिने गर्नाले  मगर गोहीका बच्चाहरू खेतबारी, कुलोमा समेत भेटिने गरिएका छन् ।

विगतमा विभिन्न खेतबारी, कुलोलगायतका ठाउँबाट उद्धार गरेर गोहीका बच्चा घोडाघोडी तालमा छोड्ने गरिएको छ । एक दशक पहिले घोडाघोडी तालमा नुहाउने क्रममा स्थानीय एक बालकलाई मगर गोहीले आक्रमण गर्दा मृत्यु भएको थियो । त्यो घटनापछि स्थानीय घोडाघोडी ताल क्षेत्र वरपर गोही देख्नासाथ सतर्क भएर सम्बन्धित निकायलाई खबर गर्ने गरेको स्थानीय सपना ढकालले बताउनुभयो । गोरखापत्र अनलाइनबाट

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय