डाेटी / महिलाकाे स्वास्थ्य मजबुत तथा बच्चामा कुपोषण न्युनिकरण गर्ने उद्देश्यले डाेटीकाे बोगटान फुड्सिल गाउँपालिका वडा न ६ मा सुत्केरी आमालाई कोसेली कार्यक्रम सुरु भएकाे छ ।
वडा कार्यालयकाे आर्थिक सयाेग र गगुडा स्वास्थ्य चाैकीकाे समन्वयमा आ.व २०८१/०८२ अन्तर्गत गर्भ जाँच गरेका र स्वास्थ्य संस्थामा सुत्केरी भएका महिलाहरुको घरमै प्रोत्साहन स्वरुप प्रति व्यक्तिलाई ब्लान्केट ,एक क्यारेट अण्डा , दुई प्याकेट आयोडिन नुन ,एक प्याकेट तोरीको तेल र हात धुने साबुन वितरण गरेकाे हाे ।
गगुडा स्वास्थ्य चाैकीका अनुसार आज ( साेमबार) वडा जनप्रतिनिधि र स्वास्थ्यकर्मी घरघरमा गएर आमा र नवजात शिशुको स्वास्थ्य मजबुत बनाउन र आवश्यक सल्लाह समेत दिएकाे छ ।
साथै काेशेली कार्यक्रमले घरमा सुत्केरी हुनेकाे सँख्या न्युनिकरण गर्दै स्वास्थ्य संस्थामा सुत्केरी हुनेकाे संख्या बढाउने लक्ष्य लिएकाे वडाकार्यालयले जानकारी दिएकाे छ । जसकाे कारणले शिशुकाे बिरामीदर घट्दै जाने स्वास्थ्य चाैकी सुचना अधिकारी शिशिर बाेगटीले बताए ।
वडा कार्यालय र स्वास्थ्य चौकीलाई धन्यवाद व्यक्त गर्दै शिशु र आफ्नाे स्वास्थ्यलाई हित हुने सुत्केरी अनिसा नेपालीले बताइन् ।
त्यस्तै महिलाहरूलाई ३५ दिन भित्रै बच्चाकाे जन्म दर्ता गराउन वडा कार्यालयले अनुराेध गरेकाे छ ।