सिलगढी / डाेटीमा भरुवा बन्दुकसहित एक वृद्धलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
आज ( आइतबार ) बिहान साढे ७ बजेको समयमा जिल्लाकाे पूर्वीचौकी गाउँपालिका वडा नं. ०७ बगडा बस्ने ६२ वर्षीय शंकर साउँदलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।
उनलाई टोट्केबाँझ स्थित कच्ची सडक खण्डमा एक नाले भरुवा बन्दुक बोकेर हिडिरहेको अवस्थामा प्रहरी चौकी सानागाउँबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएकाे हाे । भरुवा बन्दुकसहित साउँदलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय डाेटीले जनाएको छ ।











