डाेटी / डाेटी जिल्ला सदरमुकाम सिलगढी अबस्थित जिल्ला समन्वय समितिकाे गेटकाे आसपासमा एक जना वृद्ध मृत अबस्थामा फेला परेका छन् ।
बिहीबार मृत फेला पर्नेमा जिल्लाकाे दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ सिलगढी बस्ने अन्दाजी ७४/७५ वर्षीय कालु सिं बिष्ट रहेकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जनाएको छ ।
बिष्ट तीन दिनदेखि हराएकाे हुँदा उनकाे खाेजिकार्य गर्ने क्रममा आज बिहान साढे १० बजेकाे समयमा घरभित्र मृत अवस्थामा फेला पारेकाे जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले बताए ।
उनकाे शव अहिले जिल्ला अस्पताल डाेटीकाे शव गृहमा पाेष्टआर्टका लागि राखिएकाे प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको डाेटी प्रहरीकाे भनाइ छ ।
मृतकका आफन्तकाअनुसार शव दुर्गन्धित अबस्थामा फेला परेकाे हुँदा करिव तीन दिन पहिले कसैले हत्या गरेकाे हुनसक्ने आशंका गरेका छन् ।











