मनमनेहन ठकुल्ला, डाेटी
डाेटी लगायत सुदुरपश्चिमका अछाम र बाजुरामा करिब १८ देखि अबरुद्ध इन्टरनेट सेवा सुचारू भएकाे छ ।
मंगलबार करिब साँझ ६ बजेदेखि अबरुद्ध भएकाे इन्टरनेट सेवा बुधबार मध्यान करिव साढे १२ बजे पुनः सुचारू भएकाे नेपाल टेलिकम दुरसंचार सेवा सिलगढीले जनाएको छ ।
डाेटी जिल्लाकाे दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ अबस्थित बागमारा भन्ने स्थानमा टेलिकमकाे अप्टिकल फाइबरमा समस्या आउँदा इन्टरनेट सेवा घण्टाैसम्म अबरुद्ध भएकाे नेपाल टेलिकम दुरसचार कार्यालय सिलगढी डाेटीका प्राविधिक कुलदिप बरालले बताउनुभयाे ।
इन्टरनेकाे अप्टिकलमा कहाँनेर समस्या आएकाे हाे भन्ने कुरा पत्ता लगाउन मुस्किल परेकाले इन्टरनेट सेवा सुचारू हुन ढिलाइ भएकाे प्राविधिक बरालले बताउनुभयो ।
उक्त स्थानमा अप्टिकल फाइबर चुडिएपछि इन्टरनेट सेवा अबरुद्ध देखि अबरुद्ध थियाे । जिल्लामा इन्टरनेट सेवा अबरुद्ध हुँदा सेवाग्राहीहरू समस्यामा समस्यामा परेका थिए ।
त्यस्तै शुरुमा करिब ३ घण्टा मोबाइल नेटवर्क पनि अवरुद्ध भएको थियो । आजसम्म पनि फाेर्जी सेवा राम्रोसँग नचलिरहेको सेवाग्राहीले बताएका छन् ।











