बझाङ / नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङ गैर पत्रकारहरुकाे नाम नयाँ सदस्यताका लागि सिफारिस गरेकाे भन्दै प्रेस संगठन जिल्ला शाखा बझाङ महासंघकाे कार्यालयमा ताला बन्दी गरेकाे छ ।
जिल्ला मा संञ्चालित विभिन्न मिडिया हाउसमा पत्रकारिता क्षेत्रमा क्रियाशिल पत्रकारहरुलाई नभई नेपाल पत्रकार महासंघमा आफ्नो दवदवाह राखिराख्न प्रहरी जवान देखि ब्यापारी, कानुन ब्यबसायी र विद्यार्थी नेताकाे नाम सिफारिस गरेकाे भन्दै संगठनले विराेध गरेकाे हाे ।
बेलाबेलामा गैर पत्रकारहरुको खारेजीको माग गर्दै आएको प्रेस संगठन नेपालले यसपटक पनि सिफारिस गरिएका गैरपत्रकार हरुको सदस्यता सिफारिसलाई सच्याउनु पर्ने भन्दै नेपाल पत्रकार महासंघको कार्यालयमा तालावन्दि गरेको हो ।
नेपाल पत्रकार महासंघले आफ्ना गतिविधीलाई नसच्याए सम्म चरणबद्धरुपमा आन्दोलन गर्ने प्रेस संगठन बझाङका अध्यक्ष रमेश केसीले बताए ।