डाेटी / डाेटीमा चट्याङ पर्दा एक जनाकाे घरमा क्षति भएकाे छ ।
जिल्लाकाे सायल गाउँपालिका वडा नं. ०६ दल्लेख सल्लीखान टोल बस्ने बाजी भुलको ४ कोठे २ तले ढुङ्गा माटोले बनेको पत्थरले छाएको घरको भित्तामा चट्याङ परेकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ ।
प्रहरीकाअनुसार उक्त चट्याङबाट घरमा जडान गरेको बिधुत्तको मिटर बक्स, वाईरिङमा क्षेती भएको र घरको दिवाल चर्किएरकाे छ ।
आइतबार बिहान करिव ६ बजेकाे समयमा चट्याङ पर्दा रू ५० हजार बराबरको क्षेती भएको र अन्य मानबिय तथा चौपाया क्षेती नभएको डाेटी प्रहरीकाे भनाइ छ ।











