सिलगढी / सुदुरपश्चिम समाज, दक्षिण काेरियाले सेती महाकाली डेउँडा साँझकाे आयाेजना गर्दैछ । हाम्रो गाैरव हाम्रो सान,हाम्रो संस्कृति हाम्रो पहिचान भन्ने मुल नाराकासाथ यहि वर्ष २०२४ सेप्टेम्बर १५ तारिखमा सुदुरपश्चिमकाे माैलिक सेती महाकाली डेउडा साँझकाे आयाेनजा गर्न लागेकाे हाे ।
उक्त कार्यक्रममा सर्जक तथा गायक कमल बिरही थापा, चर्चित लाेक तथा डेउडा गायिका शाेभा थापा, सर्जक तथा बरिस्ठ डेउडा गायक भाजराज भट्ट, चर्चित लाेक तथा डेउडा गायिका लक्ष्मी आचार्य, डेउडा गायक नरेन्द्र रावलका कलाकारकाे प्रस्तुति रहने सुदुरपश्चिम समाज दक्षिण काेरियाले जनाएको छ ।
उक्त कार्यक्रम बेलुकी ४ बजेदेखि राती २ बजेसम्म सञ्चालन हुनेभएकाे छ ।
सुदुरपश्चिमकाे साँस्कृतिलाई झल्काउने उद्देश्यले कार्यक्रमकाे आयाेजना गरेकाे काेरियाले जनाएको छ । यस्ता माैलिक संस्कृतिकाे आयाेजना गर्दा विदेशमा भएका नेपाली नेपाली बीचकाे सम्बन्ध प्रघाट बनाइ आत्मियता तथा सद्भावना कायम हुने महासचिब कृष्ण भण्डारीले बताउनुभयो ।











