कैलाली / कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका–३ चिसापानीस्थित कर्णाली पुलबाट नदिमा हाम फालेर एक महिला बेपत्ता भएकी छन् ।
कर्णाली नदिमा हाम फालेर बेपत्ता हुने अन्दाजी ४४/४५ वर्षीय नाम थर वतन नखुलेको महिला रहेकाे कैलाली प्रहरीले जनाएको छ ।
उक्त महिलाले हाम फालेकाे पुलमा ड्युटीमा खटेका प्रहरी सहायक हवल्दार लोकराज भण्डारीले देखेकाे प्रहरीकाे भनाइ छ ।
नदिमा बेपत्ता महिलाको खाेजिकार्य भैरहेकाे छ ।











