मनमाेहन ठकुल्ला, सिलगढी
डाेटी जिल्ला सदरमुकाम सिलगढीमा आज ( मंगलबार ) डोल जात्रा निकालिएकाे छ ।
प्रत्येक वर्ष कृष्ण जन्माष्ठमीकाे राती सिलगाउँ अवस्थित भराण र भाेलिपल्ट बिहान शैल्श्वरीमा अवस्थित मष्टाकाे पूजा गरेर त्यसकाे साँझ निकालिने डाेल जात्रा यस वर्ष पनि मनाएकाे मष्टाका पूजारीले बताएका छन् । कृष्णको रथयात्रालाई यहाँ डोल जात्रा भनिन्छ।
श्रीकृष्णकाे प्रतीकलाई भगवान् विष्णुकाे पञ्च अवतार मानेर भगवान् कृष्णकाे काेहि नभएका कारण प्रत्येक वर्ष सिलगाउँ भराण र मष्टाकाे मन्दिरमा पूजाआजा गरी डाेल जात्रा मनाइने गरेकाे मष्टा देवताका मुख्य पुजारी राजेश भट्टले बताउनुभयो । साथै मन्दिरमा भगवान कृष्ण र राधा प्रतिमूर्तिको नित्य नगर परिक्रममा गरेर सधैँ जात्रा निकाल्ने गरेकाे पुजारी भट्टले बताउनु भएकाे छ ।
पुजारी भट्टकाअनुसार कंशको अत्याचारले सीमा नाघेपछि उनको नाशका लागि द्वापर युगमा भगवान विष्णुको नवौँ अवतारका रुपमा कृष्ण भगवान जन्मेको खुशीमा सदियौँदेखि डोलजात्रा निकाल्ने गरेकाे बताउनु भएकाे छ ।
भगवान कृष्णकाे अवतारकाे रूपमा पूजाआजा अर्थात् दर्शन गरिसकेपछि पुत्र दिने, छल दिने , मनले साेचेकाे कुरा पूरा हुने, दु:ख दरिद्र नाश गर्ने जनविश्वास रहेकाे दिपायल सिलगढी नगरपालिका वडा नम्बर३ नम्बर ५ पुन्नाका न्वादेवताका धामी पूर्ण बहादुर महराले बताउनु भयाे । उहाँले भन्नुभयो,” मष्टाे देवता दुधारी देवता हुन् ।”











