युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

बैतडी। सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा धार्मिक पूजाआराधनाका साथै एकआपसमा सामाजिक सद्भाव साटासाट गरेर हर्षोल्लासका साथ मनाइएको छ । सुदूरपश्चिमका अतिरिक्त विभिन्न पेसा, व्यवसाय तथा रोजगारीको सिलसिलामा देशविदेशमा रहेका सुदूरपश्चिमेलीले गौरामाताको पूजाआजा तथा न्याउल्या र देउडा खेल खेलेर गौरा पर्व मनाएका छन् ।

पहाडी जिल्लाका गाउँबस्तीमा गौरा पर्वको चहलपहल सुरु भएसँगै यसको मौलिकता भने मासिँदै जान थालेको छ । पर्वहरूको दैलो उघार्ने चाडका रूपमा मनाइँदै आएको गौरा पर्वमा प्रसादका रूपमा ग्रहण गरिने बिरुडा (पञ्च अनाज) र दुब धागो भारतबाट आयात हुने गरेको छ ।

गौरामा लगाइने मौलिक पोसाक घाँगरो (गुन्यु), आङ्डो (चोली) को स्थान बनारसी सारीले ओगट्न थालेको छ । मौलिक गहना ठोका, पैँणा, बाला, कण्ठश्री, मुगाको माला, चवन्नी माला हराइसकेका छन् । त्यस्तै गौरा पर्वमा गाइने मागल, फाग र धमारी हराउन थालेका छन् ।  बिरुडाका लागि गाउँमै फलेको दलहन गँरुस, कलौँ ‘केराउ’ डालोमा सुरक्षित राख्ने गरिन्थ्यो । पछिल्लो समय मास, गहत, गुरुस, कलौँ (सानो केराउ) जस्ता दलहनका वस्तु उत्पादन घटेकाले बिरुडामा प्रयोग हुने वस्तु भारतबाट आयात हुने गरेको उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष खिमानन्द भट्टले बताउनुभयो ।

पञ्चमीका दिन तामाको भाँडामा भिजाएको बिरुडा (मास, गहत, गुरुँस, केराउ, गहुँ) सप्तमीका दिन डालोमा राखेर गौरा पर्व आरम्भ हुने गर्छ । गौरा पर्वमा बिरुडाको डालोलाई पार्वतीको प्रतिमाका रूपमा व्रतालु महिलाले घाँटीमा दुबधागो लगाएर गौरा नचाउने चलन छ । आफ्नै मौलिक पर्व मनाउन पनि भारत र चीनमा निर्भर हुनुपर्ने अवस्था आउनु दुःखको कुरा भएको संस्कृतिविद् पण्डित ज्योतिष गणेशप्रसाद पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, “बिरुडा भारतबाट आइरहेको छ । जनै र दुबधागो चीनबाट आयात भइरहेको छ ।”

जनैपूर्णिमाका दिन पुरुषले जनै फेरे जस्तै विवाहित महिलाले गौरा पर्वमा दुबधागो फेर्ने चलन छ । घाँटीमा लगाइने रातो, पहेँलो र सेतो रङको धागोलाई दुबधागो भन्ने गरिन्छ ।

यसरी मनाइन्छ गौरा

पञ्चमीका दिन व्रतालु महिलाले मौलिक कुवा र पँधेरामा स्नान गरी तामाको भाँडामा बिरुडा (क्वाटी जस्तै पञ्च अन्न) भिजाएर राख्ने गर्छन् । पञ्च अन्नको बिरुडामा कलौ, गुरुस, मास, गहत र गहुँ मिसाएर राख्ने चलन छ । बिरुडा राख्ने स्थानको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दुबोको टीका लगाइन्छ । पार्वतीले शिव जस्तै वर पाउन भक्ति आराधना गरेको किंवदन्ती अनुसार बिरुडा भिजाएर भगवान् शिवको आराधना गर्ने चलन छ ।

बिरुडा भिजाउने दिन माङ्गलिक गीत गाउँदै गाउँका पँधेरा÷नदीको मुहानमा बिरुडासँगै पञ्च वनस्पतिको गौरीको पुत्ला बनाएर पँधेरामा राखी पूजा गरिन्छ । विवाहित महिलाले पति र सन्तानको चिरायुुका लागि गौरा पर्वमा व्रत बस्ने चलन छ । पञ्चमीका दिन बिरुडा भिजाएर षष्ठीको दिन पुनः धोइपखाली गरिन्छ । सप्तमीको दिन बजागाजा बजाएर गौराघर (मन्दिर) मा लगिन्छ भने बाँसको डालोमा टुसा पलाएको बिरुडा, सँगै तितेपाती, दुबो, धानको खेतमा पाइने स्थानीय ‘सौँ’ नामको घाँस, फलफूलमा सुन्तला, नरिवल र चुक राखेर गौरा सजाउने चलन छ ।

अठेवाली

सप्तमीका दिन बिरुडासहित गौरालाई सजाइन्छ । महिलाले स्थानीय भाषामा गौराको माङ्गलिक गाथा गाउने गर्छन् ।

खेल खेल लोली गौरा देवी

धै तेरो खेल कसो छ ? 

नाच नाच गौरादेवी

धै तेरो नाच कसो छ ?’ 

उपवास बसेका महिलाले गौरादेवीको नाच सकेर सप्तमीको अपराह्न पञ्च अन्नको बिरुडाका दानाले श्रीमान्को पूजा गरेर क्रमशः घरपरिवारका सदस्यको शिर पुज्ने चलन छ । बिरुडाले पूजा गर्दा आशिष दिने चलन छ । आशिष दिँदा ‘हिमालयमा हिउँ छउन्जेलसम्म जिउनू’, ‘दुबो जस्तै फैलनू’, ‘सिलङ्गो फूल जस्तै मगमगाउनू’ जस्ता माङ्गलिक शब्द उच्चारण गर्दै आशिष दिने चलन रहेको संस्कृतिविद् चन्द्रमोहन तिवारीले बताउनुभयो ।

फल फट्काउने

महिलाले शिरमा राखेर गौरादेवी नचाइसकेपछि स्थानीय मन्दिरका पुजारी र धामीझाँक्री काम्ने गर्छन् । धामी कामेर वाणी/वचन दिँदा महिलाको भिड एकत्रित हुन्छ । धामीले बिरुडासँगै आकाशतिर फल फाल्ने गर्छन् । यसरी फल फाल्ने चलनलाई स्थानीय भाषामा ‘फल फट्काउने’ भनिन्छ । आकाशबाट खसेको फल महिलाले समात्ने गर्छन् । धामीले भिडमा फालेको फलका दाना फेला पार्ने महिलालाई पुत्रलाभ हुने जनविश्वास छ । आराधना र फल फट्काउने कार्य सकिएपछि महिला र पुरुषले देउडा खेल्ने चलन छ ।  गोरखापत्र अनलाइनबाट

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय