अछाम / अछाम जिल्लामा समन्वय प्रमुखको क्वाटरमा काँग्रेसी नेता बीच लफडा हुँदा समन्वय प्रमुखकाे टाउकाेमा प्रवक्ताले बाेतल प्रहार गरेका छन्।
नेपाली कांग्रेसका प्रवक्ता पदम शाहले गएराती जाँडरक्सी खानपिनमा बोतल हिर्काउँदा जिल्ला समन्वय प्रमुख ललित कुवँर घाइते भएका हुन् ।
अछाम प्रहरीकाअनुसार गएराती ११ बजेकाे समयमा समन्वयको क्वार्टरमा जाँडरक्सी खानपिन गरिरहेकाे बेला शाह र कुँवर बीच आपसी लफडा हुँदा शाहले कुँवरको टाउकोमा बाेतल बजारेकाे जनाएको छ । समन्वय प्रमुख कुवँरकाे टाउकोमा चार टाका लागेकाे र उनकाे अछाम जिल्ला अस्पतालमा उपचार भैरहेकाे छ ।
नेपाली काँग्रेसबाट निर्वाचित समन्वय प्रमुख कुँवरलाई काँग्रेस प्रवक्ता शाहले मदिरा सेवन गरेर कुटपिट गर्दा समन्वय प्रमुखद्वारा नै राती आफूमाथि हातपात भएको भन्दै टेलिफोन मार्फत प्रहरीमा उजुरी परेकाे जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी ईश्वरी प्रसाद भण्डारीले बताका छन् ।
घटनाकाे प्रारम्भिक अनुसन्धान गर्दा दुबैजनाले जाँडरक्सी सेवन गरेकाे पुष्टि भएकाे भण्डारीले बताए ।











