डाेटी / डाेटीमा चट्याङ लागेर एक युवतीकाे मृत्यु भएकाे छ । शनिबार राती करिब साढे ७ बजे घरमा परेको चट्याङ बाट मृत्यु हुनेमा जिल्लाकाे जोरायल गाउँपालिका ६ निराैली गुनड बस्ने २० वर्षिय दुर्गा साउँद रहेको जिल्ला प्रहरी कार्यालय डाेटीले जनाएको छ ।
प्रहरीकाअनुसार घरभित्र जाने क्रममा ढोकामै परेको चट्याङबाट गम्भीर घाइते भएकी उनलाई राती तत्काल उपचारका लागि धनगढी लगिएकाे थियाे । अस्पतालमा पुर्याए पश्चात् उनलाई डाक्टरले मृत घाेषणा गरेकाे जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले बताए ।
मृतक साउँद हिजो मात्रै धनगढीबाट घरमा आएकि र घर पुग्ने बित्तिकै अविरल वर्षा भैरहेकाे बेला चट्याङमा परेर मृत्यु भएकाे पारिवारिक स्राेतले जनाएकाे छ ।











