
डोटी : डोटी जिल्लाकाे आदर्श गाउँपालिका १ मा सर्पले टाेकेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा साेेही ठाउँ बाँझ बस्ने २७ वर्षीय निर्मला खड्का रहेकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जनाएको छ । उनलाई आज शनिवार दिउँसो १ बजे तिर घर नजिकै खेतमा घाँस काट्ने क्रममा बायाँ खुट्टामा सर्पले टाेकेकाे थियाे । सर्पकाे टाेकाइबाट घाइते भएकी खड्काकाे उपचारकाे क्रममा जिल्ला अस्पताल डाेटीमा शनिबार ६ बजे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले बताए ।