सिलगढी / अखिल नेपाल विद्यार्थी युनियन ( समाजवादी ) जिल्ला समिति डाेटीले नेपाल टेलिकमलाई ज्ञापनपत्र बुझाएकाे छ । आज शुक्रबार विद्यार्थी संगठनका सम्पूर्ण पदाधिकारी जिल्ला सदरमुकाम अवस्थित नेपाल टेलिकममा गई टेलिकमले दैनिक भ्वाइस प्याक, मासिक भ्वाइस प्याक, साप्ताहिक र मानसिक डाटा प्याक मूल्यवृद्धि का तीनवटा माग राख्दै ज्ञापनपत्र बुझाएको हाे ।
जिल्ला संयाेजक टेकेन्द्र सी र जिल्ला इन्चार्ज प्रकाश सीले उक्त ज्ञापनपत्रमा हस्ताक्षर गर्दै दैनिक, साप्ताहि र मासिक प्याकमा अनावश्यक बढाएकाे शुःल्क घटाउन अनुरोध गरेकाे छ ।
यस्तै विश्वभर सञ्चारमा मूल्यवृद्धि घटेता पनि नेपालमा भने नेपाल टेलिकमले जनताकाे ढाड सेक्ने गरी अनावश्यक र अनाधिकृत रूपले बढाएकाे शुःल्क प्रति ज्ञापनपत्र मार्फत घाेर आपत्ति जनाएकाे छ ।
नेपाल टेलिकमले यदि समयमै आफ्नाे गल्ति नसच्याए संगठन जस्तोसुकै कदम चाल्न सक्ने चेतावनी दिएकाे छ । विज्ञप्तिमा उल्लेख गरिएकाे छ,” शुल्कवृद्धि घटेन भने टेलिकमकाे विरूद्व चरणवद्व आन्दोलन गर्ने चेतावनी दिन्छौं।”
विज्ञप्ति












