युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

तेजबहादुर डुम्रेल, डाेटी
सुदुरपश्चिम प्रदेशकाे प्रमुख पर्यटकीय स्थल तथा भू- स्वर्गकाे उपमा पाएकाे खप्तड त्रिवेणी घामकाे मुहान भएर बग्ने डाेटीकाे भेल्छडा झरना पर्यटककाे पर्खाइमा छ ।

जिल्लाकाे सायल गाउँपालिका वडा नम्बर – ३ अवस्थित ‘भेल्छडा झरना’ हेर्नलाई निकै सुन्दर भएपनि प्रचारप्रसारकाे अभावका कारण आन्तरिक तथा बाहय पर्यटककाे पर्खाइमा छ ।

सिरानमा खप्तडकाे त्रिवेणी घाम वरपर प्राकृति सुन्दरताले टकमक्क ढाकेकाे उक्त पर्यटकीय झरनाकाे व्यापक प्रचारप्रसार हुनुपर्ने खप्तड पर्यटन बोर्डका सदस्य हरिपाल थापाले बताए ।

दिपायलदेखि सायल गाउँपालिकाकाे बेटारा गाउँ पुग्न बाेलेराे गाडीद्वारा करिब ३ घण्टाकाे यात्रा गर्न सकिन्छ । उक्त बेटारागाउँबाट करिव २ घण्टाकाे पैदल यात्रापछि भेलछडा पुग्न सकिन्छ।

सप्तरङ्गी एवं सुन्दर सुर्यका किरणहरुसँग भेल्छडामा रमाउन पछिल्लो समय भेल्छडा झर्नामा टिक्टक बनाउन नयाँ पुस्ताका युवाहरू पुग्ने गरेकाे स्थानीय राेशन बिष्टले बताए ।

यदि भेल्छा झर्नाकाे प्रचारप्रसारमा टेवा पुगे फेदिमा बग्ने सलल सायली गाडकाे माछा, त्यस क्षेत्रमा पाइने खिर, आलु, लगायतकाे आयआर्जन तथा व्यवसाय स्थापना हुने स्थानीयहरूकाे भनाइ छ ।

गाउँपालिका अध्यक्ष धर्मराज जाेशीकाअनुसार भेल्छडा पुग्ने पैदलमार्ग ( गाेरेटाे ) बाटाे निर्माण गरेकाे बताए। वर्षायाममा सडक भत्किएपनि हिउँदमा सहजै भेल्छडा झरना जाने बाटाे प्रदेशकाे सहयाेगमा निर्माण भएकाे जाेशीले बताएका छन् । उनले भने ,” राेडकाे स्तर उन्नति गर्नकाे लागि आगामी दिनमा पहल भैरहेकाे छ ।”

अध्यक्ष जाेशी थप्छन्,” भेलछडा झरना खप्तड राष्ट्रिय निकुञ्ज भित्र पर्ने भएकाले गाेरेटाे बाटाे पनि मुस्किलले निर्माण गरेकाे हाे, निकुञ्जले प्रतिबन्ध लगाएकाे छ ।”

भेल्छडा झरनामा पर्यटक

भेल्छडामा पहिलोपटक यात्रा गरेपछि अदभूत आनन्द आएकाे जिल्ला सदरमुकाम अवस्थित श्री पद्म मुक्तिनारायणका माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक हिक्मत शाहीले बताए । त्यस क्षेत्रकाे पहिचान बढाउनकाे लागि सराेकारवाला पक्षले विशेष भूमिका खेल्नुपर्ने शाहीले बताए ।
तस्बिर : हिक्मत शाही

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय