युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

सिलगढी / सुदुरपश्चिम प्रदेशकाे राजधानी पुरानाे क्षेत्रीय सदरमुकाम दिपायल हुनुपर्छ भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी समन्वय समिति डाेटीले प्रमुख जिल्ला अधिकारी मार्फत प्रदेशलाई ज्ञापनपत्र बुझाएको छ ।

आज ( बिहीबार ) जिल्ला प्रशासन कार्यालय डाेटीमा स्वतन्त्र पार्टीका नेता र कार्यकर्ता गई प्रमुख जिल्ला अधिकारी गाेपालप्रसाद अर्याल मार्फत प्रदेश राजधानी डाेटीकाे दिपायलमा हुनुपर्ने माग राख्दै सुदुरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीलाई ज्ञापनपत्र बुझाएकाे हाे ।

पार्टीले ज्ञापनपत्रमा उल्लेख गरिएको छ,”नेपाल सरकारको राष्ट्रिय योजना अन्तर्गत द्रुत राजमार्ग खुटिया दिपायल हुँदै चिनको ताक्लाकोट सम्म पुरयाउने सडग योजनाको उद्धेश्य पुर्तिका लागि पनि दिपायल प्रदेश राजधानी हुनु पर्छ भन्ने हाम्रो मान्यता र माग पनि रहने छ । ”

साथै दिपायल राजधानी दावीको विषयमा पुन विचार गरिनु पर्ने पार्टीकाे दाबी छ । ज्ञापनपत्रमा उल्लेख भएअनुसार प्रदेशको  हितलाई माथि राखेर मनन् गरि उचित कदम चालिदिन हुन सुप प्रदेश माननीय मुख्यमन्त्रीलाई अनुरोध गरेकाे छ ।

विगतमा गरिएका नयाँ शहरहरुको विकास योजना अन्र्तगत दिपायल एउटा सदरमुकाम पनि रहेको र शहरकोरुपमा विकसित गर्न सकिने, पहाडि भूभागमा स्थित समथल जल,जमिनको अभाव नभएको, भौगोलिक रुपमा एकदमै सहरीकरण गर्न सकिने, व्यवस्थित ठाउँ रहेकोले उक्त क्षेत्रमा प्रदेश राजधानी बनाउँदा सुदुरपश्चिमको नाै वटै जिल्लाका बासिन्दालाई उक्त क्षेत्रमा सहजै आवतजावत गर्न सहजता हुने ज्ञापनपत्रमा उल्लेख गरिएकाे छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला समन्वय समिति डाेटी संयाेजक केशव बलायरले ज्ञापनपत्रमा हस्ताक्षर गर्दै उल्लेख गरेअनुसार यदि कैलालीमा जंगल फडानी गरेर प्रदेश राजधानी मनाउने हाे भने त्यहाँकाे
भाैतिक वातावरण लगायत खाद्यान्नकाे उत्पादनकत्व घटेर जानुका साथै बसाइँसराइका कारण भविष्यमा ठूलाे नकारात्मक पर्ने संकेत गरेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय