युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

मनमाेहन ठकुल्ला, डाेटी
डाेटी जिल्लाकाे पूर्वीचाैकी गाउँपालिका वडा नम्बर १ अवस्थित माथिल्लो फुलाेट सामुदायिक वन अनुगमन गरिएकाे छ । आज (आइतबार ) वडा जनप्रतिनिधि, स्थानीय, इलाका वन रक्षक र वन समितिका पदाधिकारीहरूकाे संयुक्त टाेलीले वन अनुगमन गरिएकाे हाे ।

वन समितिकाे आयाेजनामा आफ्नाे मातहतमा रहेकाे चाेडल्लेमाणु देखि नवाँदेउसम्म वन अनुगमन गरिएकाे छ । वनकाे रेखदेख गर्न वनपाले भएपनि समग्र वनकाे अवस्थाबारे अनुगमन गरिएकाे वन समितिका सचिव राम खड्काले बताए । सचिव खड्काले भने, “पहलमान सिह स्वाँर राजमार्ग अन्तगर्त दायाँ अथवा दल्लाे क्षेत्रमा चरिचरन पनि पाँच वर्षका लागि समितिकाे निर्णयले प्रतिबन्ध लगाएकाे छ।” सचिव खड्काका अनुसार वन संरक्षण सम्वर्धन गर्न समितिले बेलाबखतमा विशेष निगरानी राखिरहेकाे बताए ।”

माथिल्लो फुलाेट सामुदायिक वनका अध्यक्ष महेन्द्र बहादुर खड्काकाअनुसार वर्षमा १ पटक सराेकारवाला व्यक्तिहरूकाे सहभागीतामा वन अनुगमन गरिदै आएकाे बताएका छन् । उनले भने,” वन अनुगमन गर्दै जाँदा ठिकै छ, पहिलेभन्दा अहिले स्थानीय सचेत भैसकेका छन् तर कतिपयद्वारा लुकिचाेरी सल्लाघारीबाट झराे निकासि भैरहेकाे छ, तिनिहरूकाे निगरानी हुँदैछ ।”

साथै वनमा रहेका ढलेका सल्लाका रूखहरू हटाउने र गाेडमेल गर्ने कार्य वन समितिले याेजना वनाइरहेकाे अध्यक्ष खड्काले बताएका छन् ।

खड्का थप्छन्,” यसपालि जिल्लाका प्रायः सबै वन क्षेत्रमा आगलागी भयाे, तर हाम्राे वनमा हुन पाएन्, भएपनि नियन्त्रण लियाैँ र त्यसैले खुसी छाैँ ।” यस वर्ष वनमा आगलागी फैलिरहेकाे बेला वन समितिका पदाधिकारी गएर आगलागी नियन्त्रणमा लिएकाे बताए ।

अध्यक्ष खड्का पुनः थपिहाल्छन्,” मलाई विगत वनमा काम गर्दाकाे करिव ३ दशकको अनुभव छ, वन सबैकाे साझा हाे जाेगाउनु पर्छ, र वनबाट उठेकाे रकम गाउँमा आपत विपत पर्दा सहयोग गर्नुपर्छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय