राधिका विष्ट / प्रशिक्षार्थी पत्रकार
डोटी बहुमुखी क्याम्पस, सिलगढी
डोटीको प्रशिद्ध शैलेश्वरी मन्दिर सुरक्षाका लागी व्यवस्थापन समितिले सूचना प्रकाशन गरेको छ ।
मन्दिरमा फोटो खिच्ने, टिकटक बनाउने, दर्शन गर्न आएका व्यक्तिहरुलाई सास्ती दिने खालका क्रियाकलाप हुन थालेको भन्ने गुनासो आएपछि मन्दिर व्यवस्थापन समितिले व्यवसायीक रुपमा फोटो खिच्ने र मन्दिर परिसरमा अनवश्यक भिडभाड नगर्न भन्दै सूचना प्रकाशन गरेको हो ।
त्यस्तै मन्दिर परिषरलाई सरसफाई राख्न र मन्दिरको गरिमा बढाउनका लागी मन्दिर गेडबाहिर नै चप्पल जुत्ता राख्नु पर्ने भएको हो । यस भन्दा पहिले मन्दिरको भित्री परिषरमा जुत्ता चप्पल सहित मानिसहरु प्रबेश गर्ने गरेको भए पनि अब देखी मन्दिरको वाहिरी परिषरमा नै जुत्ता चप्पल राख्नु पर्ने भएको छ ।