अनुपा देवल /प्रशिक्षार्थि पत्रकार
डोटी बहुमुखी क्याम्पस, सिलगढी
बर्षायामको समयमा बाढीपहिरो नियमित रुपमा हुने गर्दछ । यसवर्षको बर्षाले दिपायल सिलगढी नगरपालिका क्षेत्रमा समेत असरपारेको छ ।
लामो समय देखि परि रहेको बर्षाका कारण स्थानिय कृर्षकहरुको खेतीबारीमा समस्या पारेको स्थानिय कृषकहरु बताउन्छन् । बर्षाका कारण नयाँ खोलीएका सड्कहरुमा समेत समस्या देखीएको छ । नगरपालिकाको लडागडा, रातोती पाकरी सड्क, बागठाटा, पुन्ना सड्क स्थीत कच्ची सड्कहरुमा समस्या देखिएको स्थानियहरुले बताएका छन् ।
बर्षाले लगाएको खेतीपाती बगाउने पहिरो जाने गरेको छ । खेतीपातीमा जंगली जनाबरले समेत असर पुराउन थालेको स्थानियहरु बताउन्छन् । बर्षातको समयमा दैवियप्रकोपको घटनाहरु बृद्धि हुने भएकाले यस्तो अबस्थामा सबैलाई सुरक्षित आग्रह गरेको छ ।