डाेटी, राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला समन्वय समिति डाेटीले पत्रकार सम्मेलन गरेकाे छ ।
पार्टीले दाेस्राे बार्षिकउत्सवकाे अबसरमा आज बिहिवार
दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ अबस्थित पार्टी कार्यालयमा सम्मेलन गरेकाे हाे ।
साथै पत्रकार सम्मेलनमा पार्टीले जिल्लामा भैरहेका समसामयिक गतिविधि र आफूले गरिरहेका काम बारे जानकारी गराएकाे छ ।
पार्टीका जिल्ला संयाेजक केशब बलायरकाअनुसार लगत्तै पार्टीले खुटिया फाष्ट्रयाक सडक खण्ड र शिखर नगरपालिकामा निर्माण कार्य अलपत्र रहेकाे सातनालि पुल अनुगमन गर्ने बताउनु भयाे । पार्टीले जिल्लामा भैरहेका समसामयिक घटनाक्रमलाई उठाइ रहदा सञ्चार पक्षले साथ दिन आवश्यक रहेकाे उहाँले बताउनु भएकाे छ ।
त्यस्तै पार्टीले शैलेश्वरी गुठीको जग्गा छानबिन गर्ने संयाेजक बलायरले बताउनु भयाे ।
त्यस्तै भाेलि शुक्रबार पार्टीले जिल्लामा सराेकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम गर्ने बलायरले बताउनु भएकाे छ ।