
सिलगढी / विगत १७ बर्ष लामो इतिहास बाेकेकाे ‘सुदूरपश्चिम समाज दक्षिण कोरिया’ ले यस वर्ष पनि काेरियामा भव्यताकासाथ भुवा तथा साँस्कृतिक कार्यक्रमकाे आयाेजना गर्ने भएकाे छ ।
कोरियाली पर्व छुसकको अवसर पारी सुदूरपश्चिम नेपालको ऐतिहासिक तथा मौलिक कला साँस्कृति बाेकेकाे भुँवा तथा साँस्कृतिक कार्यक्रम २०२४ सेप्टेम्बर १५ तारिक आइतबारका दिन आयाेजना गर्न लागेकाे हाे ।
‘सुदूरपश्चिम समाज दक्षिण कोरिया’ संस्थाका महासचिव कृष्ण भण्डारीका अनुसार संस्था विभिन्न तवरले मानव सेवा, सहयोग र संस्कृतिको उत्थानको निमित्त विभिन्न कार्य सक्रियताका साथ गर्दै बताए । महासचिव भण्डारीले थपे,” यसै कार्यलाई निरन्तरता दिदै यसपटक भने सो कार्यक्रम सम्पन्न गर्नका लागि सांस्कृतिक कार्यक्रम मूल व्यवस्थापन समिति संयोजक – ईश्वर धामी र सांस्कृतिक कार्यक्रम संयोजक – नरेश रावल रहने छन् ।
साथै कार्यक्रम भव्यताका साथ मनाउने महासचिव भण्डारीकाे भनाइ छ । भण्डारी थप्छन्,” याे वर्ष अलि व्यवस्थित कार्यक्रम गरि सुदुरपश्चिमकाे माैलिक साँस्कृतिकलाई विदेशमा झल्काउने याेजना छ र सुदुरपश्चिमकै कलाकारलाई स्थान दिने छाैँ ।
आफ्नाे माैलिक साँस्कृतिकाे प्रचारप्रसार र सांस्कृतिलाई जिवित राख्न याेगदान पुग्ने महसुस गरेकाे उनले बताएका छन् । साथै आफ्नो माैलिक साँस्कृतिकाे संरक्षण र सम्वर्धन गर्न संस्था लागि परेकाे बताए ।