डाेटी / डाेटीमा इजाजत सम्बन्धी कसुरमा दुई जना नक्कली डाक्टरलाई पक्राउ गरिएकाे छ ।
जिल्ला प्रहरी कार्यालय डाेटीले उक्त कसुर सम्बन्धी मुद्दा दर्ता गरी महाकाली नगरपालिका–४ का ४४ वर्षीय नक्कली डाक्टर भूपेन्द्र बहादुर क्षेत्री र भिमदत्त नगरपालिका–१८ का ४६ वर्षीय पुस्कर गुनीयाललाई प्रहरीले पक्राउ गरिएकाे छ ।
उनीहरू २ जनाले डाक्टर हुँ भनि दिपायल सिलगढी नगरपालीका वडा नम्बर ०४ राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरेर ठगी गरेको आरोपमा मंगलबार पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले बताउनु भएकाे छ ।
उनीहरू शिविरमा ईलाज गरी राखेका छ्न् भन्ने सुचनाका आधारमा प्रहरी गस्ती टोलीले निजहरु दुवै जनालाई खोज्दै जाँदा निजहरुलाई साेही नगरपालीकाकाे वडा नम्बर ०५ सिलगढी चौताराबाट नियन्त्रणमा लिएकाे थियाे ।
दुबै जनाका कागजपत्रहरु हेरी सोधपुछ गरे पश्चात उनीहरू माथी शंका उब्जिएपछि प्रमाणपत्रहरु नेपाल मेडिकल काउन्सिल बासबारी, काठमाण्डौमा पठाई हेरफेर गर्दा काउन्सिलमा दर्ता नरहेकाे पुष्टि भइसकेकाे छ ।
इलाज सम्वन्धी कसुरमा पक्राउ गरी आज बुधबार सम्मानित डोटी जिल्ला अदालतबाट ५ दिनकाे म्याद थप भई अनुसन्धान भैरहेको नायव उपरीक्षक भट्टराईले बताउनु भएकाे छ ।











