
डाेटी / डोटीमा आज ( मंगलबार ) खाेलामा पौडी खेल्ने क्रममा डुबेर एक जना पुरुषको मृत्यु भएको छ ।
जिल्लाकाे शिखर नगरपालिका–७ लाटामान्डौ स्थित स्थानीय लुवाखडी खोलामा डुबेर मृत्यु हुनेमा रोल्पा जिल्लाको मध्यपश्चिम नगरपालिकाका ३६ वर्षीय दीपेन्द्र घर्तिमगर रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएकाे छ ।
जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईका अनुसार घर्तिमगरकाे करिव मध्याह्न १२ बजेकाे समयमा डुबेर मृत्यु भएकाे बताउनु भएकाे छ ।
प्रहरीकाे प्रारम्भिक अनुसन्धानअनुसार मृतक घर्तिमगरसहित ४ जना पाैडि खेलिरहेका बेला उनी डुबेका भट्टराईले बताउनु भएकाे छ ।
डिएसपी भट्टराईकाअनुसार मृतक घर्तिमगर कामको सिलसिलामा डोटी आएका बुझिएको छ ।