कैलाली / कैलालीमा भारतको हल्द्वानीबाट उपचार गरी घर फर्किरहेकी एक किशोरीकाे एम्बुलेन्स दुर्घटनामा परी मृत्यु भएकाे छ ।
आज बिहान यूके ०४ पीए १९०५ नम्बरको भारतीय एम्बुलेन्स
लम्की चुहा नगरपालिकाको धोबेनी खोला आसपास दुर्घटनामा परी मृत्यु हुनेमा बर्दियाको राजापुर नगरपालिका-९ की १८ वर्षीया किशोरी अञ्जली परियार रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
भारतको नैनितालका ५० वर्षीय प्यारेलालले चलाएको एम्बुलेन्समा चालकसहित छ जना सवार रहेका थिए। उनीहरु सकुशल रहेका छन्।
एम्बुलेन्स र चालक प्यारेलाल प्रहरी नियन्त्रणमा छन् ।