मनमाेहन ठकुल्ला, सिलगढी
डाेटी जिल्ला सदरमुकाम सिलगढी बजारका नागरिकलाई खानेपानी नहुँदा झर्काे छ । १३ ओैँ दिनसम्म खानेपानीकाे चरम अभावका कारण सदरमुकाम काकाकुल बनेकाे छ ।
यहीँ बैशाख १८ गते गैरागाउँ काँडामाण्डाैँ सिलगढी खानेपानीकाे पाइप लाइन खप्तड राष्ट्रिय निकुञ्जकाे जंगलमा आगलागीका कारण जलेर नष्ट भएपछि खानेपानी अबरुद्ध भएकाे हाे ।
सदरमुकाम तथा आसपासका ग्रामीण भेगमा खानेपानीकाे अभाव भएपछि नजिकका धारा तथा मुहानहरूमा पानी भर्नेकाे ठूलो लाम लाग्ने गरेकाे छ । बजारकाे कतिपय क्षेत्रमा खानेपानीका मुहान नजिक नहुँदा यहाँका नागरिकहरूले निकै सास्ती खेप्नु परेकाे छ ।
बजारमा खानेपानीकाे अभाव हुँदा पनि नगरपालिका लगायतका सम्बन्धित निकाय कानमा तेल हाले बसेकाे स्थानीयकाे गुनासाे छ । भाेकरे खाेलाकाे पानी निरन्तर खानेपानी ट्याङ्कीमा आएपनि समितिले बजारमा खानेपानीकाे मितव्ययिता नपनाएकाे उपभोक्ताहरूकाे आराेप छ ।
बजार आसपासका धारामा पानी भर्न जाँदा घण्टाैँसम्म लाइन लाग्नु पर्ने बाध्यता रहेकाे स्थानीय महेश्वरी देवी मडै बताउछिन् । उनी भन्छिन् ” कपडा धुन पाएकाे छैन, फाेहाेर पानीले हैजा भएकाे छ , चामल छ तर पकाएर खानलाई खानेपानी छैन् ।”
अर्का स्थानीय माेहन जाेशीका अनुसार खानेपानी नहुँदा दैनिक जीवनयापनमा समस्या देखा पर्नुका साथै हाेटल व्यवसायीहरूले ठूलाे समस्या झेल्नु परेकाे बताए । साथै जाेशीले खानेपानी समिति र सराेकारवालाले समयमै ध्यान नदिदा र खानेपानी लाइन समयमै मर्मत नहुँदा खानेपानीकाे समस्या बर्सेनि देखिरहेकाे बताए ।
जाेशी थप्छन्,” याे विगत २ दशकदेखि मैले भाेगिरहेकाे समस्या हाे , खासगरी सुख्खा यामा खानेपानीकाे समस्या दाेहाेरीरहन्छ तर सरकारवालाले कहिलेपनि ध्यान नदिएकाे अबस्था छ ।”
खानेपानीकै अभावका कारण सरूवा राेगकाे वृद्धि हुने सम्भावना रहेकाे उनले बताएका छन् । उनी थपिहाल्छन्,” खानेपानी नहुँदा दुषित पानी पिउनु पर्ने बाध्यता छ, सरसफाइ नभएकाे मुहानबाट पानी ल्याएर आफ्नाे दैनिक जीवनयापन बेथित गर्नु पर्ने बाध्यता सिर्जना भएकाे छ ।”
त्यस्तै आगलागी र बाढी पहिराेका कारण बेलाबखतमा गैरागाउँ-काँडामाण्डाैँ- सिलगढी खानेपानी लाइन अबरुद्ध भैरहेकाे छ । सदरमुकामबासी भन्छन् ” जी. आई पाइपद्वारा पानी कहिले आउला ।”
सिलगढी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका कार्यालय प्रमुख रामचन्द्र धामीकाअनुसार खानेपानीकाे लागि एउटा अनुगमन समिति गठन भैसकेको बताए । प्रमुख धामीले थपे,” निकुञ्जमा आगलागीका कारण ५ सय ८१ दशमलव ५ मिटर पाइप जलेर पूर्णरूपमा ध्वस्त भएकाे छ, तीन किलोमिटरमा आगलागी भएकाे छ ।”
राम्रोसँग काम गरेपछि बीस दिन खानेपानी लाइन बन्ने तर पाइप ढुवानी गर्न मान्छे नपाएपछि करिव १ महिना लाग्ने कार्यालय प्रमख धामीले बताएका छन् ।
दिपायल सिलगढी नगरपालिका नगर प्रमुख बाजि सिं खड्काकाअनुसार खानेपानी लाइन बनाउनकाे लागि पाइप ढुवानी गर्ने कार्य भैरहेकाे बताए । नगर प्रमुखले थपे,” मुहान भिर पाखामा छ, पानी पर्दा बाटाे चिप्लाेका कारण पाइप ढुवानी गर्न समस्या छ।”
साथै हामीले नागरिकले नगरपालिका प्रति खानेपानीकाे अपेक्षा गुनासाे सुनाउदा, नगरप्रमुख खड्का भन्छन्,” दमकल ठूलाे छ बजारमा दमकल जाँदैन, यदि दमकल जाने बाटाे छ भने हामी दमकलद्वारा पानी दिन तयार छाैँ।”
गैरागाउँ-काँडामाण्डाैँ- सिलगढी खानेपानीकाे पाइप लाइन खप्तड राष्ट्रिय निकुञ्ज लगायतका क्षेत्रमा नाङ्गै देख्न सकिन्छ । उक्त खानेपानी संघीय आयाेजनाकाे भएपनि पाइप विधिवत् रिकाले जमिनमुनि नगाडिएकाले आगलागी कारण जलेकाे नागरिककाे गुनासाे छ ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय राजपुर डाेटीका प्रमुख ग्रीष्म थापाकाअनुसार पाइप लाइन जमिनमुनि गाड्दा करिव ३ फिट अथवा ९० सेन्टर गाड्नु पर्ने बताए । प्रमुख थापाले थपे,” यदि भिरपाखाबाट पाइप लाइन ल्याउनु पर्ने भएमा जी. आई पाइपकाे प्रयाेग गर्नु पर्थ्याे ।”