
डोटीः डोेटीकाे जिल्लाको जोरायल गाउँपालिका–४ मा चट्याङ लागेर एक महिला घाइते भएकी छन्।
आज ( शनिबार ) घाइते हुनेमा साेही ठाउँ बाँजिलेककी ३१ वर्षीया पार्वतीदेबि बोहरा रहेकाे इलाका प्रहरी कार्यालय जाेरायलले जानकारी दिएकाे छ ।
उनी बिहान घरमा बसिरहेको बेला हावाहुरीसहित घरमा परेको चट्याङले बोहरा घाइते भएकी हुन्। घाइते बोहराको सेती प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ।
चट्याङबाट बोहराको घरमा क्षेती पुग्नुको साथै गोठमा रहेको १ बाख्रा समेत मरेको प्रहरीले जनाएको छ ।