
टेक विवश साउद, डाेटी / विश्वभर महामारीकाे कहर चलि रहेकाे समयमा डाेटी जिल्लाकाे दिपायल सिलगढी नगरपालिका बडा नम्वर ७ मा तरकारी बालिकाे विउविजन वितरण गरिएकाे छ ।
नबयुग सामुदायिक सिकाई केन्द्र डाेटी नामक संस्थाले बडाका १५० जना कृर्षकलाई करिब ३० हजार बराबरकाे तरकारीकाे विउविजन वितरण गरेकाे उक्त संस्थाका अध्यक्ष दिपेन्द्र खड्काले बताए ।
काेराेना कहरका समयमा घरघरमा आग्रेनिक तरकारी उत्पादन गरि उपभाेग गरून् भन्ने उदेश्यका साथ आफुहरुले विउविजन वितरण गरेकाे खड्काले बताए ।
रायाे, मुला, चम्सुर, पालुङ्गाे, धनिया, केराउ लगायतका विउहरु वितरण गरिएकाे हाे । परम्परागत रुपमा खेति गरिदै आएकाे अबस्थामा सुधार गर्दै आधुनिक तरकारी खेति गर्नु सिकाउनु पनि कार्यक्रमकाे उदेश्य रहेकाे अध्यक्ष खड्काले बताए ।