
कैलाली / बैशाख ३१ गते भारतको उत्तर प्रदेश राज्यको खिरी जिल्लामा हुन गैरहेकाे निर्वाचनका कारण कैलालीमा नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा नाका आज साँझ ६ बजेबाट बन्द हुने भएकाे छ ।
भारतको उत्तर प्रदेश राज्यको खिरी जिल्लामा हुन गैरहेकाे लोकसभा सामान्य निर्वाचनलाई लक्षित गरेर मतदान कार्य नहुँदासम्मका लागि सीमा नाका बन्द गरिएकाे हाे ।
जिल्ला प्रशासन कार्यालय कैलालीकाअनुसार निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि भारतीय पक्षले पत्राचार गरेकाले उक्त अवधिभर नेपाल–भारत अन्तर्राष्ट्रिय सबै सीमा नाकाहरू बन्द रहने जनाएको छ ।