
सिलगढी / जिल्ला सदरमुकाम सिलगढी लगायत डाेटीका केही ठाउँमा पन्ध्र घण्टादेखि अबरुद्ध विद्युत लाइन सुचारु भएकाे छ ।
मंगलबार साँझ र गएराति आएकाे अविरल बर्षाका कारण विद्युत लाइन अबरुद्ध थियाे ।
विद्युत वितरण केन्द्र दिपायलका प्रमुख शिवशंकर साेनीकाअनुसार मंगलबार आएकाे अविरल वर्षा, हावाहुरीका कारण जिल्ला सदरमुकाम सिलगढी, पूर्वीचाैकी गाउँपालिका, केआइसिह गाउँपालिका, दिपायल एर्पाेट लगायतका क्षेत्रमा विद्युत तारमा अबरोध सिर्जना हुँदा लाइन अवरुद्ध भएकाे बताए ।
उनले भने” वर्षा र हावाहुरीका कारण विद्युत लाइन अवरुद्ध भैरहदा विद्युत पाेल र तार नजिक रहेका रूख काट्ने क्रम जारी रहेकाे बताए ।
मंगलबार साँझबाट अवरुद्ध लाइन आज बुधबार दिउँसो करिव १२ तिर सुचारू भएकाे थियाे ।
त्यस्तै मंगलबार लामाे समयपछि जिल्लामा ठूलाे पानी पर्दा किसानहरूलाई राहत भएकाे छ । पानी परेसँगै खनजाेत गर्न सहज भएकाे किसानहरूले बताएका छन् ।
अर्काे तर्फ मंगलबारकाे अविरल वर्षासँगै आएकाे हावाहुरी र असिना पानीका कारण जिल्लाका कतिपय स्थानमा ठूलाे क्षति गरेकाे जिल्ला बासी बताउँछन् ।