युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

मनमाेहन ठकुल्ला,डाेटी / डाेटीकाे एक विद्यालयमा एकजना शिक्षकले मनाेमानी र अटेरी गरेकाे आराेप छ ।

जिल्लाकाे पूर्वीचाैकी गाउँपालिका वडा नम्बर २ मा रहेकाे श्री नेत्रेश्वरी माध्यमिक विद्यालयमा प्राथमिक राहत दरबन्दीमा कार्यरत शिक्षक गाेपाल बहादुर खड्काले विद्यालयमा अटेरी गरी पठनपाठन लगायत विद्यालयकाे वातावरण खलल पार्ने गरेकाे आराेप छ ।

उक्त विद्यालयकाअनुसार शिक्षक खड्कालाई विद्यालय प्रशासन र व्यवस्थापन समितिले पटकपटक चेतावनी दिँदासमेत अटेरी गरेकाे दाबी छ ।

आइतबार बसेकाे विद्यालयकाे व्यवस्थापन समितिकाे बैठकले निर्णय पुस्तिकामा उल्लेख गरेअनुसार शिक्षक खड्काकाे लापरबाहीका कारण गत वर्ष २०८० वैशाख १७ गतेकाे निर्णयबमोजिम् तलब कट्टा गर्दा पनि उनकाे विद्यालयमा पटकपटक अनुपस्थिती छ ।

हामीलाई प्राप्त भएकाे निर्णय पुस्तिकामा उल्लेख गरिएकाे छ, ” शिक्षक खड्का विद्यालयमा बिना जानकारी अनुपस्थित हुने गरेकाे, विद्यालय समयकाे पालना नगरी पठनपाठनमा सक्रिय नहुने, विद्यालयमा ओैपचारिकता ननिभाएकाे, २०८० सालकाे वार्षिक परीक्षामा पनि जम्मा १ दिन मात्रै विद्यालयमा हाजिरी भएकाे, साथै २०८१ वैशाख २३ गतेसम्म पत्रचार गर्दासमेत विद्यालयमा उपस्थित नभएकाे कुरा उल्लेख छ ।

साथै शिक्षक खड्काले यस्तो हर्कत देखाएपछि निजलाई विद्यालय व्यवस्थापन समिति र अभिभावकले शिक्षा ऐन नियमकाे अधिनमा रहि पूर्वीचाैकी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखालाई प्रक्रिया अगाडि बढाइ कार्वाहीकाे माग गरेका छन् ।

विद्यालय प्रधानाध्यापक घनश्याम बिष्टका अनुसार शिक्षक खड्का विगत देखि नै विद्यालयमा ओैपचारिकताकाे भूमिका निर्वाह गर्दै नआएकाे आराेप छ । प्रधानाध्यापक बिष्टले थपे,” शिक्षक खड्का विगत देखि नै त्यस्तै हुन् , समयमा विद्यालय नआउने, अटेरी गर्ने, सम्पर्क विहीन हुने, आज पनि बैठकमा सहभागी हुनुभएन।”

बिष्ट थपिहाल्छन् ” गाउँपालिका शिक्षाशाखालाई जानकारी गराइसकेकाे छु, पत्र पनि पठाउछु , अभिभावकहरू आक्राेशित हुँदै भन्छन्, शिक्षक खड्का हामीलाई चाहेनन् ।”

गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा विनाेद भट्टकाअनुसार शिक्षक खड्काकाे विषयमा अनियमितताकाे कुरा सुन्नमा आएकाे तर विद्यालयले आधिकारिक लिखित अभिव्यक्ति पेश नगरेकाे बताए । हामीले उक्त विषयमा बुझ्दा प्रमुख भट्ट थप्छन् , ” राहत शिक्षककाे हकमा सबै अधिकार विद्यालय व्यवस्थापन समितिलाई हुन्छ, हामीले सहजीकरण मात्रै गरिदिने हाे ।”

भट्टकाअनुसार शिक्षकले अनियमितता गरिसकेपछि निर्णय गर्ने जिम्मा विद्यालय व्यवस्थापन समितिकाे रहेकाे बताए । उनी थप्नछन्, ” सरूवा हुँदैन्, शिक्षकलाई राख्ने, नराख्ने विव्यसकाे निर्णय हाे, ६ / ६ महिनामा म्याद थपिन्छ ।”

शिक्षक खड्का याे विषयमा के भन्छन्

शिक्षक खड्काका अनुसार आफू घरायसी कार्य तथा अन्य धार्मिक पूजापाठमा केही दिन व्यस्ताका कारण अलि बिदा लम्बिएको बताए ।

साथै आफू केही दिन बाहिर रहेकाले विद्यालयले कार्वाही गरेकाे थाहा नभएकाे शिक्षक गाेपाल बहादुर खड्का बताउछन् । त्यस्तै आफूले बैशाख ९ गते प्रअलाई विद्यार्थी भर्ना बारे फाेनमार्फत बुझ्दा भैहाल्छ आउनु पर्दैन भन्ने कुरा भएकाे उनले बताए ।

खड्का भन्छन्,” त्याे कस्ताे कार्वाही हाे, व्यक्तिगत कार्वाही हाेकी, सामुहिक कार्वाही हाे त्याे पनि मेराे मात्रै गल्तप भए भाेगाैला कार्वाही गरे भैहाल्याे नी । ” साथै उनले अरू शिक्षकले पनि विद्यालयमा ओैपचारिकताकाे भूमिका ननिभाएकाे आराेप लगाएका छन् । साेझै उनले भने ” सबै एकै हुन् , खाली मलाई मात्रै दाेष छ।”

उनी थप्छन् ” मलाई अग्रिम जानकारी बिना गरेकाे सबै निर्णय अस्वीकार्य छ । उनका अनुसार विद्यालयमा बैठक बसेकाे अघिल्लो दिन मात्रै केही शिक्षक पनि हाजिरी भएकाे सुन्नमा आएकाे र आफ्नाे विदा अलि उनीहरूकाे भन्दा लामाे रहेकाे बताए ।

हामीले शिक्षक खड्कालाई तपाईंलाई विद्यालयकाे वातावरण खलल पारेकाे आराेप छ भन्दा उक्त कुरालाई खड्काले अस्विकार गरेका छन् । उनी त्यसैमाथि थप्छन् ,” मेराे मात्रै विद्यालयमा गल्ति छैन , कतिपय शिक्षकहरू विद्यालयकाे निर्धारित समयभन्दा एक घण्टा ढिलाे पुग्छन् , छिट्टै काम छ भन्दै ४ नबज्दै घर जान्छन् ।”

यस्तै विद्यालय प्रशासन र शिक्षकहरूसँग साेधपुछ गर्दा एकअर्कालाई आराेप प्रत्यारोप लगाउदै आएका छन् ।

स्थानीय के भन्छन्
स्थानीयसँग बुझ्दा शिक्षक खड्का विगतदेखि विद्यालयमा साेही किसिमकाे गल्ति दाेहाेर्याउदै आएकाे बताएका छन् । कतिपय स्थानीयकाअनुसार विद्यालयमा प्रायः शिक्षक पठनपाठनमा बाधा पुर्याउदै आएका बताउछन् ।

एक जना नाम नखाेल्ने सर्तमा भन्छन्,” विद्यालयमा प्रधानाध्यापक लगायत अन्य शिक्षकहरू पनि निर्धारित समयलाई नटेकेर आवतजावत गर्छन् त्यस्तै याे स्कुलकाे अबस्था के गर्नु, ।” उनी भन्छन् ” विद्यालयमा शिक्षकहरूकाे अनियमितता धेरै भएकाे बताएका छन् । साथै प्रायः सबै शिक्षक आफ्नाे मनाेमानी ढंगले विद्यालय आवतजावत गर्ने बताए ।

उनी थप्छन्, ” विद्यालय प्रशासन र विव्यसकाे ठूलाे कम्जोरी रहेकाे छ, विद्यालयमा जाे शिक्षक जतिबेला जाओस् कसैलाई मतलब हुँदैन् , प्रधानाध्यापक पनि त्यस्तै हुन् ।” साथै विद्यालयमा पठनपाठनकाे अबस्था लथालिङ्ग रहेकाे उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय