
किरण धामी / जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला अस्पताल काेराेना परिक्षण प्रयोशालाका ईन्चार्ज शौरव श्रेष्ठले दिएकाे जानकारी अनुसार पछिल्लाे २४ घण्टामा एक सय ४५ जनाको नमुना परिक्षण गरिएकोमा डोटीका २६ पुरुष र ३ महिला गरी थप २९ जनामा कोरोना पुष्टि भएको हाे ।