कञ्चनपुरः सेफ्टी ट्याङ्कीमा खसेर कञ्चनपुरमा एक बालकको मृत्यु भएको छ।
जिल्लाकाे कृष्णपुर नगरपालिका–३ चित्रपुर बस्ने शिवा रानाको छोरा अन्दाजी १ वर्ष ५ महिनाको लिवन रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
सोही ठाउँ बस्ने रमेश रानाको चालु अवस्थामा रहेको ढक्क
खुल्ला गरि राखेको सेफ्टी ट्याङ्कीमा खस्न गई डुबेर अचेत अबस्थामा फेला परेका ती बालकलाई उपचारको लागि धनगढी स्थित मायामेट्रो अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषणा गरेको हाे ।
बालक सोही ठाउँ बस्ने रमेश रानाको चालु अवस्थामा रहेको ढक्कन खुल्ला छाेडेकाे सेफ्टटी ट्याङ्कीमा खसेका हुन् ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ